Kath Khabar
नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

            मकवानपुर, साउन ७।  नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ । निर्वाचन अधिकृत प्रवीण हुमागाइँका अनुसार आज अपराह्न देखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ । ७७ जिल्ला शाखा, उपशाखा, उपत्यका कमिटी र सातै प्रदेशका प्रतिनिधिहरू समेत गरी कूल मतदाता १ हजार ६७९  रहेको निर्वाचन अधिकृत हुमागाइँले जानकारी दिनुभयो ।

अध्यक्ष पदमा ३ सहित पदाधिकारी ७२ र सदस्य ९५ गरी जम्मा १६९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । आज बिहान ११ बजे मतदान सुरु गर्ने भनिएता पनि मतपत्र छपाइ, उम्मेदवारको नामावली प्रकाशन र कर्मचारीको व्यवस्थापन गर्न समय लागेकाले मतदान ढिलो भएको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । मतदान कार्य आज साँझ ६ः३० बजे सम्म हुने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update