Kath Khabar
पाल्पामा बस दुर्घटना, ६ को मृत्यु



           पाल्पा, साउन ८ । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हँुदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा २२ जना यात्रु सवार रहेको बुझिएको छ । बस सडकदेखि करिब ६० मिटर तल खसेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
 

(रासस)

 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update