Kath Khabar
प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल विजयी

            काठमाडौं, साउन  ९।  नेपाली कांग्रेसको शुभेच्छुक सस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गर्नुभएको थियो ।  

युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा १ हजार ६७९ मतदाता मध्ये  १ हजार ३९७ मत खसेको थियो । यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसी, उपाध्यक्षद्वयमा नकुल अर्याल र भीष्मराज ओझा,उपाध्यक्ष महिलामा सलोजा दाहाल र उपाध्यक्ष समावेशीमा दीपेन्द्र वान्तवा विजयी हुनुभएको छ ।  युनियनको महासचिवमा दिलीप पौडेल  र कोषाध्यक्ष माधव धिताल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update