Kath Khabar
ललितपुरको बालकुमारीमा सवारी दुर्घटनामा एकको मृत्यु



          ललितपुर, साउन ९ । ललितपुर महानगरपालिका-८ बालकुमारी सडकमा हाल नम्बर नखुलेको सवारी साधनले बा. ४५ प १३४५ नम्बरको स्कुटरलाई सोमबार बिहान ३:१५ बजे ठक्कर दिँदा स्कुटर चालक धोबिघाट बस्ने चितवन घर भएकी २३ वर्षीया रेखा मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डबि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधन के हो भनेर खुलिनसकेको तथा प्रहरीले खोजी गरिरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update