
काठमाडौं, साउन १५ । ललितपुरको ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित सडकमा हाल नम्बर नखुलेको बोलेरोले बा.९७ प ३१४३ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं दक्षिणकाली नगरपालिका-८ बस्ने ३१ वर्षीय आषिश लामाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बि एण्ड बि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
चितवनको भरतपुर महानगरपालिका–१६ लप्टन डाँडास्थित सडकमा बा.प्र.०३–००४ प ३१६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय अनिल महत्तोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको भरतपुर नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ भुलभुलेमा लु.१ ज ३७५४ नम्बरको जिप सडकमा पल्टिएर आइतबार बिहान दुर्घटना हुँदा जिपमा सवार मुगु रारा छाँयानाथ नगरपालिका–२ बस्ने २४ वर्षीय दिपक तिरूवाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपका चालकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र जिपमा सवार अन्य २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको