Kath Khabar
पहिराले घर बगाउँदा २ को मृत्य, ३ जना बेपत्ता

               म्याग्दी, साउन १७ ।  म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा २ जनाको मत्यु र ३ जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।
 
गोठे र उहाँकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटना स्थलतर्फ हिँडेको जानकारी दिनुभयो । घटनास्थल तामिङ गाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब ३ घण्टा पैदल यात्रा पछि घटना स्थलमा पुग्न सकिन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update