पौडी खेल्ने क्रममा हराएका व्यक्तिको शव सशस्त्र प्रहरीद्वारा फेला

झापा, साउन १८ । झापा जिल्लाको गौरदह नगरपालिका ९ स्थित कमल खोलामा साउन १७ गते पौडी खेल्ने क्रममा वेपत्ता भएका १८ बर्षिय उज्वल खरेलको शव सशस्त्र प्रहरीले फेला पारी खोलाबाट बाहिर निकालेको छ ।
सोही जिल्लाको कमल गाँउपालिका १ बस्ने निज खरेल सो खोलामा पौडी खेल्दाखेल्दै एक्कासी वेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरसहितको सशस्त्र प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको टोली उनको खोजी कार्यमा जुटेको थियो ।
सशस्त्र प्रहरीले साउन १८ गते विहान ०८ः२० बजेको समयमा सोही ठाउँमा करीब २० फिट गहिरो पानी मुनि उनको शव फेला पारेको हो ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९ १३:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय