Kath khabar
महिनावारीको समयमा पेट फुल्ने समस्या छ भने आफ्नो जीवनशैलीमा यि परिवर्तन ल्याउनु आवश्यक


                    काठमाडौं, साउन १९ । महिनावारीको समयमा पेट फुल्ने समस्याले प्रायः महिलाहरूलाई सताउँछ। जसका कारण पेट सधैं भारी र कस्सिएको महसुस हुन्छ। यति मात्र होइन, यसले गर्दा दैनिक जीवनशैलीमा ठूलो असर परेको हुन्छ । तर तपाइले आफ्नो केही बानी परिवर्तन गर्नुभयो भने यसलाई नियन्त्रण गर्न सकिन्छ ।

धेरैजसो महिलाहरुलाई महिनावारीको समयमा पेट दुख्ने र ग्यासको समस्या भोग्नु पर्ने हुन्छ। यो समस्या वास्तवमा हर्मोनल परिवर्तनको कारण भएको हो । स्वास्थ्यविदका  अनुसार यो एक सामान्य समस्या हो जुन आफैं अन्त्य पनि हुन्छ तर तपाईका केही बानीले समस्या नियन्त्रण बाहिर पनि जान सक्छ । यस अवधिमा टाउको दुख्ने, मुड स्विङ हुने, ढाडको तल्लो भागमा दुख्ने आदि समस्यालाई झन् बढाउँछ। महिलाहरुले हरेक महिना यस्तै समस्याको सामना गर्नुपर्ने हुन्छ । महिनावारीको समयमा पेट फुल्ने (Bloating) को समस्यालाई यसरी नियन्त्रण गर्न सकिन्छ ।

कहिलेकाहीँ डिहाइड्रेसनका कारण पनि फुल्ने सम्भावना हुन्छ। तपाईंले जति धेरै पानी पिउनुहुन्छ त्यति नै तपाईंको लागि राम्रो हुनेछ। तपाईं नरिवल पानी, अनारको जुस आदि पनि सेवन गर्न सक्नुहुन्छ। यस्तै अल्कोहल र क्याफिनको सेवनले ब्लोटिङ्गको समस्या बढाउन सक्छ। त्यसैले महिनावारीको समयमा यी चीजहरूको सट्टा आफ्नो आहारमा स्वस्थ पेय पदार्थहरू समावेश गर्नुपर्दछ । बिहान चिया वा कफीको सट्टा अदुवाको चिया, ग्रिन टी वा पुदिनाको चिया आदि खाने गर्नुपर्दछ । व्यायाम पनि त्यति नै आवश्यक छ । पेटमा ग्यास बनिरहेको छ भने केही बेर हिँड्दा राम्रो हुन्छ । यदि तपाइँ नियमित व्यायाम गर्नुहुन्छ भने, तपाइँ महिनावारी र ब्लोटिङ्गको समस्याबाट मुक्त हुन सक्नुहुन्छ।

धूम्रपान गर्ने बानी भए पनि महिनावारीको समयमा पेट फुल्ने जस्ता समस्या हुन सक्छ । त्यसैले धूम्रपान नगर्नुहोस् । यस्तै खानामा नुनको सेवन कम गर्नुहोस् । महिलाहरू प्रायः महिनावारीको समयमा मसलादार चीजहरू खान रुचाउँछन्, तर नुनयुक्त खानाले वास्तवमा समस्यालाई अझ बढाउने काम गर्छ। यस्तो अवस्थामा चिप्स, स्न्याक्स आदिको सट्टा स्वस्थकर खाना खानु राम्रो हुन्छ ।

यदि तपाइँ धेरै तनावको सामना गर्दै हुनुहुन्छ भने पनि तपाइँको महिनावारी पनि धेरै प्रभावित हुन्छ । त्यसैले सकेसम्म तनावबाट टाढा रहनुहोस् । ध्यान, योग वा मसाज आदिको मद्दतले तनावमुक्त रहन सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update