Kath Khabar
देशभर मेघगर्जन सहित वर्षाको सम्भावना

              काठमाडौं, साउन २०।  देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना  छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेकाले अबको २-३ दिन मनसुन कमजोर भई वर्षा कम हुने विभागले जनाएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १ र मधेस प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ । 

शनिबार देशभर आंशिक देखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै बागमती र गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१.० डिग्री र अधिकतम तापक्रम २६.६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६.४ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३.८ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update