काठमाडौं, साउन २१ । देशभर आज आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा बागमती र गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । रातको समयमा देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ ।
आइतबार देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।