Kath Khabar
फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता कृष्ण मल्ल

               काठमाडौं, साउन  २१ ।  वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त हुनुभएको छ । सोसाइटीको साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः नियुक्त हुनुभएको हो । अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफु कटिबद्ध भइ लागिपर्ने बताउनुभयो ।

यसैगरी सोसाइटीको उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्कर लाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

यसैगरी सोसाइटीको सदस्यमा क्रमशः चेतबहादुर सिंह, सानुकुमार ताम्रकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाईएल लामा, मधुकुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत चयन हुनुभएको छ । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत छ । 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update