रु. ६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति
मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गते सम्म यो सडकखण्डको निर्माण सम्पन्न हुने जनाइएको छ

वीरगञ्ज, साउन २२ । पर्साको वीरगञ्ज महानगरपालिका - १६ मा मधेस प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ । प्रदेशको सरकारको कूल रु. ६ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएकोे हो ।
मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गते सम्म यो सडकखण्डको निर्माण सम्पन्न हुने जनाइएको छ । उक्त सडक स्तरोन्नतिको काम शिवा कन्स्ट्रक्सन प्रालि, काठमाडौंले पाएको हो ।वीरगञ्ज - १६ नगवादेखि साढे ४ किलोमिटर लम्बाइको सडक निर्माणका लागि काम सुरु भएको छ । १ निर्वाचन क्षेत्र १ सडक कार्यक्रम अन्तर्गत सडक निमार्णको योजना अघि बढाइएको हो ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९ १३:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय