अनधिकृत रूपमा संरचना बनाएपछि नर्भिक हस्पिटललाई काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं, साउन २४ । थापाथलीस्थित नर्भिक हस्पिटलले सरकारसँग भाडामा लिएको जग्गामा अनधिकृत रूपमा संरचना बनाएको भन्दै महानगरले तिनलाई हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।
काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी आठ आना एक पैसा क्षेत्रफल रहेको जग्गा नर्भिक हस्पिटलले वार्षिक २७ हजार रुपैयाँ भाडा तिर्ने गरी सरकारसँग सम्झौता गरेर लिएको थियो ।
संरचना नबनाउने सर्तमा जग्गा भाडामा लिए पनि नर्भिकले संरचना बनाएपछि हटाउन महानगरले अल्टिमेट दिएको हो । नर्भिकले अहिले सो जग्गामा संरचना बनाई अक्सिजन सिलिन्डरहरू राखेको छ । तोकिएको समयसीमाभित्र संरचना नहटाए नियमानुसार कारबाही गर्ने महानगरले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय