काठमाडौं, जेठ १२ । प्राईम कर्मसियल बैंकले बिभिन्न अस्पतालहरुलाई सहयोग गरेको छ । बैंकले सुदूर पश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेकोमा कोभिड-१९ विरुद्घको लडाईमा संस्थाको सहयोगलाई निरन्तरता दिने क्रममा हाल यसका विरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको वीर अस्पताललाई करिव ३० लाख बराबरको पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, स्यानिटाइजर, अक्सिजन ट्रली लगायतका सामाग्रीहरु सहयोग गरेको हो ।
बैंंकका अनुसार उक्त सामाग्रीहरु बैंंकका संचालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुुन । बैंकले कोभिड-१९ विरुद्घको लडाईमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने जानकारी दिएको छ ।