घरको दोस्रो तलाबाट चिप्लिएर लड्दा मृत्यु

काठमाडौं, साउन २७ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सहयोगीनगरस्थित आफ्नै घरको दुई तला माथिबाट चिप्लिएर भुइमा लड्दा ५६ वर्षीय चित्र बहादुर तामाङको बिहीबार बिहान मृत्यु भएको छ ।
चिप्लिएर भुइँमा लडी गम्भीर घाइते भएका उनको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बृत्त कोटेश्वरबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९ ११:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय