बुटवलको एक होटलमा महिला र पुरूष मृत अवस्थामा भेटिए

रुपन्देही, साउन ३१ । बुटवलको एक होटलमा एक महिला र एक पुरूष मृत अवस्थामा भेटिएका छन् ।
बुटवलको फूलबारी चोकमा रहेको कारीकोट होटलको कोठामा पुरूष कोठाको पंखामा झुण्डिएको र महिला पलङमा उत्तानो परेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उक्त होटलमा उनीहरु आइतबार राति सँगै बास बसेका थिए ।
अन्दाजी ३५-३६ वर्षका मृतक पुरुष धादिङको कुम्पुर घर भएका सिताराम भुजेल हुन् भने मृत महिला दाङ सतबरीया घर भएकी ३३ वर्षीया पुष्पा बुढाथोकी रहेको बुझिएको छ ।
महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय