Kath Khabar
नेता गिरीको निधनले मर्माहत भएको छु -एमाले अध्यक्ष ओली


            काठमाडौं, भदौ ५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले शोक सन्देश जारी गर्दै भन्नुभएको छ - "चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।"

यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि नेता गिरिको निधनले नयॉसमाजवादी धारको विकासमा लागेका सबैलाई वहॉको निधनले ठुलो क्षति पुगेको बताउँदै उहाँले लेख्नुभएको छ । "प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरीको निधनमा निःशब्द छु।२०३४ सालदेखि ४५ बर्ष निरन्तर वहाॅसंगको गहन बौद्धिक विमर्शले मलाई ठुलो उर्जा प्रदान गर्ने गरेको थियो।नयाॅसमाजवादी धारको विकासमा लागेका हामी सबैलाई वहाॅको निधनले ठुलो क्षति पुगेको छ ! हार्दिक श्रद्धान्जली/समवेदना !"

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update