
ललितपुर, भदौ ५ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । श्रद्धाञ्जली दिनको लागि गिरीको पार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा राखिएको छ। देउवाले सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सानेपा पुगेर गिरीलाई श्रद्धाञ्जली दिनुभएको छ । भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका नेता गिरिको अस्पतालमै शनिबार राति ९:३० बजे निधन भएको थियो।
स्वर्गिय गिरीको पार्थिव शरीर अहिले बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।