Kath Khabar
सरकारसँगको तीन बुँदे सहमतिपछि निहारिकाले १७ दिनपछि तोडिन् अनसन
फाइल तस्विर

 

             काठमाडौं, भदौ ६ । काठमाडौं जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल र निहारीकाबीच तीन बुँदे सहमति भएपछि निहारिकाले १७ दिनपछि अनसन तोडेकी छिन् ।

सहमतिको पहिलो बुँदामा निहारिकाको माग बमोजिम निहारिकाले बलात्कारको आरोप लगाएकी शिवराज श्रेष्ठको डीएनए परीक्षण गरिने उल्लेख छ। निहारिकाले डीनएन मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने पनि भनेकी छन् । यता आरोपित श्रेष्ठले पनि डीएनए जाँच गरिए त्यसलाई सघाउने बताउँदै आएका छन् ।

शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने लगायतका माग राखेर निहारिका गत जेठ २९ गतेदेखि काठमाडौँमा अनशन बसेकी थिइन् ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update