
काठमाडौं, जेठ १३ । देशकै सबैभन्दा ठूलो र उत्कृष्ट मध्येको एक अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले सियारी गाँउपालिका वडा नं-२ मैनहियामा निर्मित मैनहिया स्वास्थ्य चौकी भवनको उद्घघाटन गरेको छ । उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडका निर्देशक राजेश कुमार अग्रवालले समुद्धघाटन गर्नुभयो । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । सो भवनको उद्घाटन कार्यक्रम बुधबार सियारी-२, र्मनहिया, रुपन्देहीमा गरिएको थियो । उक्त भवन निर्माण गर्न रु. ७० लाख लागेको छ ।
अर्घाखाँची सिमेन्ट प्रा.लि का निर्देशक राजेश कुमार अग्रवालले भन्नुभयो, “मैनहिया गाउँपालिकाका जनसमुदायहरुलाई पहिले स्वास्थ्य चौकी आफ्ना घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको थियो तर अहिले मैनहिया गाउँपालिकाको जनसमुदायको हितमा निर्माण गरिएको सबैको लागि सजिलै पहुँचमा निर्मित रहेको यस मैनहिया स्वास्थ्य चौकी भवनले अत्यन्तै सहज बनाउँछ भन्ने हामीले आशा राखेको छौँ । हामीले यो भवन जनहित र सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेका हौ ।”
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले भन्नुभयो, “सम्पूर्ण जनमानसको लागि गरिएको यो प्रशंसनिय कार्यको लागि हामी अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौ । बढीरहेको यस कोभिड-१९ को नियन्त्रण र मैनहिया गाँउपालिकाको जनहितको लागि यो स्वास्थ्य चौकीलाई व्यवस्थित गरिनेछ । उक्त स्वास्थ्य चौकीमा ब्लड प्रेसर नापन गर्ने, एक्सरे लिने र चिकित्सकद्वारा परामर्श लिने जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेकाले यो एक सुसम्पन्न स्वास्थ्य चौकीको रुपमा रहेको छ ।”
अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै विभिन्न सामाजिक उत्तरदायित्व कार्यहरु गर्दै आइरहेको छ । कम्पनिले मैनहिया गाँउपालिकाका विद्यालयलाई पठन पाठनका लागि साम्रागी वितरणका साथसाथै विगतमा पनि स्थानीय निकायलाई शिक्षा, सरसफाई, खाना र सडक निर्माणमा सहयोग पुराउँदै आइरहेको छ । गतवर्ष यस कम्पनीले लुम्बिनी प्रान्तिय सरकारले बनाएको कोरोना भाइरस रोकथाम र उपचार कोषका लागि रु ५.१ मिलियन विनियोजन गरेको थियो साथै सियारी गाँउपालिकालाई रु.२००,००० नगद र पाल्पा जिल्लाको तिनाउँ र माँछागढी ग्रामीण नगरपालिका जहाँ कम्पनीको चूना ढुङ्गाखानी अवस्थित छ त्यसमा रु. २० लाखको राहत सामग्री वितरण गरेको थियो ।