Kath Khabar
काठमाडौं मलको अनधिकृत संरचना डोजर लगाएर हटाइयो

             

               काठमाडौं, भदौ ८ ।  काठमाडौं महानगरपालिकाले सुन्धारामा रहेको काठमाडौं मलको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । महानगरले नक्सा पास भन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।

बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजर सहितको टोलीले अनधिकृत संरचना हटाएको हो । त्यस्तै नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोली पनि खटिएको थियो । यसअघि गएको सोमबार महानगरले बानेश्वर क्षेत्रमा घर बनाउँदा पार्किङको लागि भनेर अहिले अन्य रूपमा प्रयोग भइरहेका संरचना भत्काएको थियो ।
 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update