कुमारी आमा निहारिकाको बच्चा र श्रेष्ठको डिएनए परीक्षण गर्न उच्च अदालतको आदेश

काठमाडौं, भदौ ९। उच्च अदालत जनकपुरले कुमारी आमा महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ ।
न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि डिएनए परीक्षण माग गर्दै आउनुभएको छ ।
गत माघ २४ गते जिल्ला अदालतको न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो । आरोपित शिवराज श्रेष्ठलाई यसअघि नै पक्राउ गरेर अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ ०९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय