Kath Khabar
बन्दीपुरमा चितुवाको आक्रमणमा परेका बालकलाई आमाले बचाइन्, बालक गम्भिर घाइते

            

                तनहुँ, भदौ ९।  तनहुँको बन्दीपुर गाउँपालिका-१ बानियाँटारको तल्लोटारमा चितुवाको आक्रमणबाट एक बालक गम्भिर घाइते भएका छन्।

५ वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन् । आफ्नै घरको आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरेको थियो । बच्चा चिच्याएपछि आमाले दौडदै चितुवाबाट बच्चालाई खोस्न सफल भएकी थिईन् ।

घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले बताए। बालकको गर्धनमा गहिरो चोट छ भने अनुहार र टाउकोमा पनि चोट लागेको छ ।

केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update