Kath Khabar
अस्पताल लगेका नख्खु कारागारका फरार कैदी लुभुबाट पक्राउ, प्रहरीले बनायो छानबिन समिति


               काठमाडौं, भदौ ९। त्रिवि शिक्षण अस्पतालबाट फरार भएका ललितपुरस्थित नख्खु कारागारका कैदीबन्दी ललितपुरको लुभबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई आज (बिहीबार) बिहान पक्राउ गरेको हो।

उपचारका लागि लगिएका कैदीबन्दी फरार भएको घटनाको सम्बन्धमा अध्ययन गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ। रामेछाप पिल्पुङग गाउँपालिका वडा नं.- २ का ३१ वर्षीय भोला बुढाथोकी बुधबार भागेका थिए। उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयले उपचारका लागि अस्पताल लगेको थियो।

कैदीबन्दी भागेपछि छानबिन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो। फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बनसमेत गरेको छ। घटनाको बारेमा आवश्यक छानबिन भइरहेको सो कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update