Kath Khabar
अल्फा बिटाका सञ्चालकलाई बालेनले जँगिदै भने, 'तपाईंको घरको नक्सा मसँग हुन्छ ?'


             काठमाडौं, भदौ ९। अनधिकृत संरचनाहरु हटाउने क्रममा अवलोकन गर्दै जाँदा बालेन नेतृत्वको टोली नयाँ बुद्धनगरमा रहेको अल्फा बिटा कम्प्लेक्स पुगेको छ।

यसैक्रममा अल्फा बिटा ग्रुपका सञ्चालक द्विराज शर्मासँग मेयर साहले घरको नक्सा माग्नु भएको थियो । तर शर्माले उल्टै मेयरसँग नक्सा माग्दा मेयर बालेनले "तपाईंको घरको नक्सा म सँग हुन्छ ?" भन्दै झोक्किनुभएको थियो । उहाँहरुबीच एकछिन भनाभन भएको थियो।

अल्फाबिटा भवनको अगाडिको भागमा सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिईएको छ । पार्किङ चाहि सडक पेटीमा हुने गरेको छ । मेयर बालेनले अल्फाबिटाका प्रतिनिधिलाई सटर बन्द गर्न निर्देशन दिनुभएको छ ।

द्विराज शर्माले आफूलाई मेयर साहले थर्काएको बताउँदै वकिलसँगै नक्सा लिएर आउँछु भन्दै आक्रोशित बनेका थिए।

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update