
काठमाडौं, भदौ ९ । उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा बीबी थापाको शब्द रहेको छ भने शशि बिक्रम थापाको संगीत रहेको छ । यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गर्नुभएको हो ।
म्युजिक भिडियोमा महानायक राजेश हमाल र नायिका वर्षा राउत फिचर्ड रहनुभएको छ । बुद्ध थापाले छायाँकन गर्नुभएको यस भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक भएको हो ।
यसअघि गायक राणाको स्वरमा समावेश ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् । आगामी दिनहरुमा अझै स्तरिय सिर्जनाहरु पस्किदै जाने गायक राणाले बताउनुभएको छ ।
भिडियो लिंक
https://youtu.be/khw_ZUDb-7o