Kath Khabar
सरकारी कार्यालयहरु पनि महानगरको निशानामा

             

             काठमाडौं, भदौ १०। पार्किङ व्यवस्थापन गर्न काठमाडौं महानगर शुक्रबार दिउँसो नगरप्रहरीका साथ राहदानी विभाग पुगेको छ । नगरप्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभागमा पार्किङका लागि बनाइएको भूमिगत स्थानमा कार्यालय राखिएको भन्दै हटाउन खोजिएको हो।

राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ । तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको छैन। जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नु पर्ने बाध्यता रहेको छ ।

विभागले बनाएको बेसमेन्टलाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको छ । जुन पार्किङका रुपमा प्रयोग हुनुपर्ने थियो । तर, पार्किङ प्रयोजनको क्षेत्र सो प्रयोजनमा प्रयोगमा ल्याउन नसक्दा सेवाग्राहीले भने सास्ती भोग्न बाध्य भएका हुन्।

महानगरले वेटिङ रूमका रूपमा प्रयोग गरिरहेको बेसमेन्टलाई सवारी पार्किङ नै राख्न भनिएको छ। महागरपालिकाले यसअघि ३५ दिने सार्वजनिक सूचना निकालेर यस्ता संरचना हटाउन आग्रह गरेको थियो।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update