Kath Khabar
मधेस प्रदेश सरकारले निहारिकालाई ५ लाख सहयोग दिने


                जनकपुर, भदौ १० । मधेस प्रदेश सरकारले निहारिका सिंह राजपुतलाई आर्थिक सहयोग दिने भएको छ । मधेस प्रदेश सरकारले मन्त्रिपरिषद्‌को निर्णय अनुसार निहारिका सिंह राजपुतलाई कानूनी लडाईंका लागि ५ लाख रुपैयाँ दिने भएको छ।

शुक्रबार बसेको मधेस सरकारको मन्त्रिपरिषद्को बैठकले राजपुतलाई ५ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए। न्यायका लागि संघर्ष गरिरहेकी राजपुतलाई कानुनी लडाइँका लागि कानुनी तथा आर्थिक सहयोग गर्न मुख्य न्यायाधिवक्ताको सिफारिसमा ५ लाख दिने निर्णय भएको अर्थमन्त्री साहले बताए।

राजपूतले आफू बलात्कारमा परेको र बच्चा जन्मिएको भन्दै बलात्कारका आरोपी र बच्चाको डीएनए परीक्षणको माग गर्दै आएकी छिन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update