Kath Khabar
स्वतन्त्र मेयर बालेन र हर्कको चर्चा चुलिरहदा ओझेलमा परेका ओखलढुंगाका गम्बु शेर्पा

              ओखलढुंगा, भदौ १२ । यतिबेला बालेन साह र हर्क साम्पाङको चर्चा व्यापक छ । वालेन अवैध रुपमा बनाएको संरचना भत्काएर चर्चामा छन् भने हर्क खानेपानी र वृक्षारोपणमा जनता सँगसँगै चर्चामा छन् । तर, ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा बालेन र हर्कभन्दा कम देखिएनन् । बालेन र हर्कले भन्दा बढी चुनौतीपूर्ण काम जनता सँगसँगै गरेको पाइएको छ ।

खिजिदेम्बाका स्थानीयले राखेको फेसबुक फोटोहरु हेर्दा उन सडक स्तरोन्नति गर्ने काममा गैती र बेल्चा आफै हान्दै सडक खुलाउन लागि परेका देखिन्छन् । पालिकाको जिम्मेवारी सम्हालेको १०० दिन पुग्दै गर्दा उनले उल्लेख्य रुपमा दर्जनौ काम गरेको पाइएको छ ।

सडक तथा ढल व्यवस्थापनतर्फ, शेर्पाले ९ वटै वडाको मूल सडक, काठमाण्डौदेखि खिजिदेम्बा र खिजिदेम्बा देखि ओखलढुंगा सदरमुकाम सम्म आवत-जावत गर्ने सडक स्तरोन्नतीको काम सम्पन्न गरी सकेका छन्  ।

उनले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका हुँदै खिजिदेम्बाको वडा नं ८ को काचपु, भुसिङ्गा, खोपीखर्क, टाँगा, चुली काप्ती, वडा नं ७ को ज्यादिङ, थाम डाँडा, वडा नं ४ को चर्नालु, वडा नं ३ को पुठा त्यस्तै गरी वडा नं ५ को जिरखर्क, डॉरखर्क, पात्लेखर्क हुँदै खिजिदेम्बाको खिजिफलाटे जोड्ने सडकका लागि राष्ट्रिय बजेट व्यवस्थापन गरेका छन् ।

वडा नं ५ खिजिफलाटे बजारहुँदै पाल्लेखर्क, दो भञ्ज्याङ, ६ नम्बर वडाको फेदी गुम्बा, हाते बन्से, हुँदै मोलुङ गाउँपालिकाबाट ओखलढुङ्गा सदरमुकाम हुँदै प्रदेश नं १ को राजधानी जोडिने पक्की सडकका लागि संघीय मन्त्रालयबाट राष्ट्रिय बजेट व्यवस्थापनका लगि पहल गरीरहेका छन्  ।

खिजिफलाटेको बढ्दो बजारलाई लक्षित गरी ढल व्यवस्थापनको लागि क्रमागत योजनाका रुपमा संघीय मन्त्रालयबाट बजेट व्यवस्थापन  गर्दै  झोलुङ्गे पुल निर्माणतर्फ गाउँपालिकाको वडा नं ७ बाट खिजिदेम्बाको वडा नं १ जोडिने पुलको लागि वजेट व्यवस्थापनमा लागेका छन् ।

रामेछाप जिल्लाको उमाकुण्ड झोलुङ्गे पुलको लागि बजेट व्यवस्थापन गर्दै खिजिदेम्बाको ९ नं वडामा रहेको मोलुङ खोला, ताउर, खोलाखर्क झोलुङ्गे पुलका लागि बजेट व्यवस्थापन  गरि जनताको सेवामा तल्लिन रहेका छन् भने खानेपानीतर्फ गाउँपालिका अध्यक्ष शेर्पाले खिजिदेम्बा गाउँपालिकामा पर्ने नेपालको ७ वटा अग्लो डाँडामध्येमा पर्ने थोलेदेम्बा डाँडाको पर्यटनलाई लक्षित गरी प्रदेश नं १, खानेपानी मन्त्रालयबाट खानेपानी आयोजनाका लागि बजेट व्यवस्थापन गरेका छन् ।

वडा नं ६ मा रहेको बन्से, कात्तिकेखर्क खानेपानी समस्यालाई मध्यनजर गरी प्रदेश बजेट डिपिआरका साथै बजेट व्यवस्थापन गरेका छन् त्यसैगरी स्वस्थ्यतर्फमा प्रदेश स्वास्थ्य मन्त्रालयको अगुवाइमा एम्बुलेन्स गाउँपालिकाले प्राप्त गरी सञ्चालनमा ल्याएका छन्। उनले प्राथामिक आँखा उपचारको लागि तिलगंगा अस्पतालसंग सम्झौता गरी नेत्र सहायक कर्मचारी नियुक्त समेत गरेका छन् ।

गाउँपालिकाको तर्फबाट सुत्केरीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गरे पछी हाल सम्म २ जनाले लाभान्वित समेत भएका छन्।गाउँपालिकाको अस्पतालमै भिडियो एक्सरे सेवा सञ्चालनका लागि रेडियो ग्राफर नियुक्त  समेत गरीएको छ ।

गाउँपालिकाको अगुवाइमा  सामुदायिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीको कर्मचारी गाउँ टोलमै गएर कोभिड परीक्षण र सुरक्षा विधिबारे सचेतना कार्यक्रम सञ्चालन साथै ३ वर्षदेखि १२ वर्ष मुनिका १२९३ बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम सम्पन्न भएका छन् ।

शिक्षातर्फमा भने गाउँपालिकामा  शिक्षा क्षेत्रलाई ध्यानमा राखी १ वडा १ नमुना विद्यालयको अभियान थालनी र बजेट विनियोजन गरीएको छ । वडा शिक्षा समिति पुनः गठन गर्दै म्याद सकिएका व्यवस्थापन समितिहरु पुनः गठन साथै शिक्षक आपूर्ति रहेको विद्यालयमा शिक्षक पदपूर्ति गरिएको छ ।

भौतिक तथा पूर्वाधार विकासतर्फ चांही गाउँपालिकामा धार्मिक स्थल गुम्बा पुनःनिर्माणको लागि गुम्बा विकास समितिबाट बजेट व्यवस्थापनमा जोड दिएको छ ।  निर्माणधिन २ तले प्रशासकीय भवनलाई २ तल थप्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयबाट बजेट स्वीकृत समेत गरीएको छ ।

६ वटा वडा कार्यालयको भवन निर्माणका लागि बोलपत्र आह्वान गरी आगामी असोज देखि निर्माण शुरु गर्ने तयारी भएको छ भने खिजिदेम्बा गाउँपालिकाको वडा नं ५ मा सामुदायिक भवन निर्माणको लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरिएको छ ।
गाउँपालिकामा  विभिन्न वडामा श्रमदान र विभिन्न व्यक्तिको सहयोगमा काठे पुल निर्माण समेत गरीएको छ ।

त्यसैगरी जडिबुटीतर्फ, जिल्लामै जडीबुटीको खानीको रुपमा रहेको गाउँपालिकामा  जडीबुटी प्रशोधन तथा अनुसन्धानको लागि वन तथा वातावरण मन्त्रालयसँग कार्यक्रम असोजबाट काम शुरु हुने गरी सम्झौता गरेर गाउँपालिकामा रोजगारी सृजना गर्नका लागि गाउँपालिका अध्यक्ष लागी  परिरहेका छन्  ।

विद्युततर्फ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारणको पहुँच नभएको अवस्थामा गाउँपालिका अध्यक्षको पहलमा विद्युत प्रशारण लाइनको लागि बोलपत्र आह्वान गरी कार्य थालनी समेत भएको  छ ।

गाउँपालिकाको निरन्तर गरीरहेको  वृद्ध तथा विपन्न परिवार र एकल महिलाहरुलाई सोलर वितरण पनि गरीएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update