Kath Khabar
२१ वर्षीया मुना मृत अवस्थामा फेला


         काठमाडौं, भदौ । काठमाडौं महानगरपालिका-१८ भुरुङखेल डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका-६ घर भएकी २१ वर्षीया मुना लामा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–५ बोजे बस्ने ४५ वर्षीय शम्भु थापा सोही ठाउँस्थित खेतमा आइतबार  मृत अवस्थामा फेला परेका छन् ।

पर्साको वीरगंज महानगरपालिका–१६ बसपार्कस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । जुम्लाको तातोपानी गाउँपालिका–४ गिरीखोला बस्ने धन कृष्ण कामीको १० वर्षीय छोरा नलेज कामी सोही ठाउँस्थित हाँकु खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update