Kath Khabar
महानगर आउने भएपछि न्यूरोडको सुरज आर्केडका पसल भए बन्द

             

           काठमाडौं, भदौ १३।  न्यूरोडको सुरज आर्केडको पार्किङ आज काठमाडौं महानगरपालिकाको टोलीले खाली गर्ने भएको छ। महानगरको टोली आउने भनेर पत्रकारहरू पुगेपछि आर्केडका पसल बन्द गरिएका छन्। व्यापारीहरू त्यहाँबाट निस्किएका छन्।

आर्केडले पार्किङ गर्ने भनिएका ठाउँमा अन्य सामान राखेको छ। ती सामग्री हटाउने र पार्किङका लागि खाली गर्ने तयारीमा महानगर छ। काठमाडौं महानगरले पछिल्लो समय सरकारी तथा निजी भवनहरूका पार्किङ खाली गराइरहेको छ।
 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update