Kath Khabar
मेयर बालेनलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश


             काठमाडौं, भदौ १३। सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध परेको अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग ७ दिने लिखित जवाफ मागेको हो ।

‘निवेदकको माग बमोजिम अदालतको अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सो आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक सातदिनभित्र आफैं वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नु ।’ आदेशमा भनिएको छ ।

काठमाडौं महानगरले केही समयअघि नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो। नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो। उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेख्नुभएको थियो। तर, नर्भिकले उल्टै महानगरविरुद्ध अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो।

मेयर बालेनको त्यहिँ स्टाटसलाई अदालतको अवहेलना भएको भन्दै अधिवक्ता जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update