Kath Khabar
चट्याङ लागेर रौतहटमा तीन महिलाको मृत्यु


            रौतहट, भदौ १४  । रौतहटको एकै गाउँका तीन महिलाको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ ।

गरुडा नगरपालिका–३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा मलाही गाउँकै ३९ बर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेशकुमार सिंहले जानकारी दिए ।

मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको उनले बताए । चट्याङबाट एकदर्जन बढी महिला प्रभावित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update