
काठमाडौं, भदौ १५ । नियन्त्रित तथा प्रतिबन्धित औषधिहरूको कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका सामाखुसीमा फार्मेसी सञ्चालन गरी बस्ने गोरखा सिलुकोट नगरपालिका-९ घर भएका २९ वर्षीया सुस्मा थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुस्माले सञ्चालन गरेको फार्मेसीमा नेपालमा नियन्त्रित तथा प्रतिबन्धित औषधिहरूको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त फार्मेसीमा तलासी गर्दा ती औषधिहरू फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनको फार्मेसीबाट प्रहरीले ट्रमाडोल हाईड्रोक्लोरिड आठ सय १० ट्याबलेट, गाबिक्स ७५, जेनेग्रा, ट्याब्लेट, एल्मास्क १ सय ६५ ट्याब्लेट, प्रेग्नेन्सी टेस्ट किट ४० पिस, एन्थेल्जा ४० पिस, मास्क २३ लगायतका प्रतिवन्धित औषधीहरु बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ। ।