Kath Khabar
त्रिपुरेश्वरको डिजिटल होर्डिङ बोर्ड काठमाडौं महानगरको निशानामा

                  काठमाडौं, भदौ १६ ।  काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड हटाएको छ।  मापदण्ड विपरित होर्डिङ बोर्ड राखिएको पाइएपछि महानगरले हटाउन लागेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिनुभयो । 

शाहका अनुसार उक्त होर्डिङ बोर्ड अनुमति विना राखिएको छ। ‘त्यो डिजिटल मार्केटिङ होर्डिङ बोर्ड अनुमति नलिएरै राखिएको रहेछ,' उँहाले बताउनुभयो, 'त्यहीँ भएर हामील‍े हटाउन लागेका हौं।' पछिल्लो समय महानगरपालिकाले अनधिकृत संरचनाहरू भत्काउने र अल्टिमेटम दिने काम गर्दै‍ आएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update