Kath Khabar
महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले तिर्यो कर

             

                 काठमाडौं, भदौ १६ । काठमाडौं महानगरले २४ घण्टा अल्टिमेटम दिएपछि फनपार्कले कर तिरेको छ ।

काठमाडौं महानगरपालिकाले हिजो २४ घण्टे अल्टिमेटम दिदै पत्र काटेपछि आज भृकुटीमण्डपस्थित फनपार्कले महानगरलाई १७ लाख ३७ हजार मनोरञ्जन कर बुझाएको हो ।


फनपार्कले ५ वर्षको मनोरञ्जन कर महानगरलाई कर तिरेको हो । फनपार्कले वडालाई बुझाउनुपर्ने व्यवसाय कर भने तिरेको छैन ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update