Kath khabar
सामसङले ल्यायो ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो



          काठमाडौं, भदौ १७ । सामसङ इकोसिस्टमले सदा स्वस्थ, लायक बनाइ राख्न चाहने आफ्ना ग्राहकहरुको लागि आफूलाई अद्यावधिक गराइरहने गरेको छ । आवश्यकताले होस् या स्टाइलले होस्, ग्राहकहरु सदैव अद्यावधिक गरिरहन्छन् र आफ्ना डिभाइसहरुबाट त्यसको माग गरिरहन्छन् । यही भएर नै ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न सामसङले अनुसन्धान कार्यलाई जारी राख्दै विभिन्न अवयवहरुलाई अझ उत्कृष्ट बनाउने गरेको छ ।

सामसङ इकोसिस्टममा जोडिएका सम्पूर्ण नयाँ संस्करणहरुमा नयाँ ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो रहेका छन्, जुन हालसालै मात्र नेपालमा पेश गरिएको छ । दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको छ ।

वास्तवमै सामसङको ताररहित स्टेरीयो ग्यालेक्सी बड्स २ प्रोले तपाईंलाई गहन श्रवणको अनुभव प्रदान गरेर तपाईंलाई आफ्नो काममा केन्द्रित हुन र सम्पर्क बनाइराख्न मद्दत गर्दछ । बड्स २ प्रोले गुणस्तरीय ध्वनि श्रवण गराउँछ, जुन तपाईंको चारैतिर एकदम स्पष्ट स्वरमा उच्च गुणस्तरमा गुञ्जिन्छ । यसमा जडित ताररहित हाइ फाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले तपाईंलाई जस्तै भीडमा बसेर पनि युट्युबमा मन्त्रमुग्ध भएर तपाईंको प्रिय कन्सर्ट सुन्नमा कुनै व्यवधान आउन दिंदैन ।

बड्स २ प्रोमा भएको शक्तिशाली सक्रिय ध्वनि रद्ध गर्ने (एएनसि), जसलाई पहिलेको तुलनामा अधिक सुधार गरिएको छ, त्यसको साथमा सबै बाहिरी हल्लाहरुमाथि नियन्त्रण प्राप्त गरी आफ्नो काममा मात्र ध्यान केन्द्रित गर्न तपाईंलाई सघाउँछ । एएनसिमा भएको स्तरोन्नतिको कारण जहाँ बसेर पनि इकोसिस्टममा जोडिन र ट्युन गर्न तपाईं सक्षम हुनु हुनेछ ।

यसको एयर भेन्ट्स र विण्ड सिल्डमा गरिएको सामान्य सुधार र आकार सानो बनाइएकोले ग्यालेक्सी बड्स २ प्रोले सर्वोत्कृष्ट ध्वनिको गुणस्तर कायमै राखेर पर्याप्त हावा बहने ठाउँ दिन्छ । यी सबै प्रयोगकर्ताहरूको सुविधा र सहजतालाई ध्यानमा राखेर परिवर्तन गरिएको हो ।

यी सम्पूर्ण विशेषताहरुले गर्दा ग्यालेक्सी बड्स २ प्रोको लाभ लिन यो डिभाइस तपाईंको सामसङ इकोसिस्टममा थपिनै पर्ने भएको छ । यसको बजार मूल्य २७ हजार नौं सय ९९ रुपैयाँ मात्र कायम गरिएको कम्पनीले जानकारी दिएको छ । सम्पूर्ण नयाँ ग्यालेक्सी वाच ५ सिरिजको साथमा तपाईं आफैसँग सम्पर्कमा रहिरहनुहोस् ।

ग्यालेक्सी वाच ५ र वाच ५ प्रो आफ्ना ग्राहकहरूलाई उपयुक्त हुने गरी सामसङले विद्यमान उपकरणहरुको क्षमतालाई विस्तार गर्दै प्रस्तुत गरेको अर्को एक उदाहरण हो । यी डिभाइसका पहिलेको संस्करणलाई सुधार गरेर अत्याधुनिक बनाउँदै यसको ब्याट्रीको जीवन, टिकाऊपना, लगायत उपकरणको सम्पूर्ण सुन्दरतामा स्तरोन्नति गरेको छ । दुवै ग्यालेक्सी वाच ५ र वाच ५ प्रोमा भएको बायोएक्टिभ सेन्सरको प्रयोगले आफ्ना ग्राहकहरुलाई राम्ररी बुझन् सक्ने बनाइएको छ ।

बढाइएको सतह क्षेत्र र ग्राहकहरुको नाडीसंग धेरै सिधा सम्पर्क हुनाले अझ बढी सही रुपमा नाप्न सक्ने भएको छ र प्रयोगकर्ताहरुको स्वास्थ्य एवं कुशलताको बारेमा सुक्ष्म रुपले बुझन सबै सेन्सरहरुले एकसाथ काम गर्छन । पहिलो पटक यो ग्यालेक्सी वाच जिपिएक्स जडित भएकोले वाच ५ प्रोले तपाईंको चालहरुको पनि रेकर्ड राखेर तपाईंलाई त्यस बारेमा जानकारी दिन्छ ।

दुवै वाच ५ र वाच ५ प्रोमा शरीर संरचना मापन गर्ने यन्त्र जडान गरिएको छ, जसले प्रयोगकर्ताहरुलाई वर्कआउटहरु वा प्रशिक्षणद्वारा आफ्नो व्यक्तिगत लक्ष्य तोक्न सहयोग गर्दछ । यस्तै तपाईं विछ्यौनाबाट लड्नु भएमा वा ठेस लागेमा तपाईंले आकस्मिक कलको लागि सम्पर्कमा राख्नु भएकालाई त्यसको जानकारी दिने यन्त्र पनि यसमा राखिएको छ । यसैगरी तपाईं निदाउनु भएको स्कोरको ट्रयाक राख्ने, तपाईंको आरामको समय बढाउने जस्ता विशेषताहरुका साथै तपाईंको निन्द्रा खलबलिन नदिन बत्ति, एसि र टिभी समेतको तालमेल मिलाउने स्मार्ट थिङ्स एप पनि यसमा रहेका छन् ।

ग्यालेक्सी वाच ५ प्रोले आफ्ना ग्राहकहरुलाई बाहिरी अनुभवहरु संगाल्न मद्दत गर्दछ, चाहे त्यो हाइकिङ्ग होस् या साइक्लिङ्ग । वाच ५ प्रो हरेक चुनौतीहरुका लागि तयार रहने गरी बनाइएको छ । यो नच्यातिने गरी डि बकल स्पोर्टस् ब्याण्डको साथमा धेरै टिकाऊ र स्लीक हुने गरी टाइटेनियम आवरणमा उपलब्ध छ  । तपाईंले यी सबै विशेषताहरु आफ्नै व्यक्तिगत तवरमा मोडल, आकार, आवरण रङ्ग र स्ट्रयापमा १०३२ भिन्न भिन्न संयोजनहरु मध्येबाट छान्न सकिने कम्पनीले जानकारी दिएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update