Kath Khabar
नुर स्मृति सेवा प्रतिष्ठानद्वारा 'हेल्पिङ्ग ह्यान्ड्स फर द डिफ’ लाई विभिन्न खाद्य सामग्री प्रदान

काठमाडौं, जेठ १४ । सामाजिक कार्यमा अग्रस्थानमा रही निरन्तर उपस्थिति र सहयोग गर्दै आईरहेको ललितपुर, खुमलटार स्थित 'नुर स्मृति सेवा प्रतिष्ठान'ले पूनः एकपटक आफूलाई अब्बल प्रमाणित गरेको छ ।

यसै सिलसिलामा उक्त संस्थाको तर्फबाट अध्यक्ष श्री शहदेव राउत र शुभचिन्तक सहयोगी देबेन्द्रमान सिंह ले, विगत ८ वर्षदेखि बहिरा बालबालिकाको उज्ज्वल भविष्यको लागि निरन्तर खटिरहेको संस्था ‘हेल्पिङ्ग ह्यान्ड्स फर द डिफ’ लाई विभिन्न खाद्य सामग्री र तरकारीहरु प्रदान गर्नुभएको छ । उक्त सामग्रीहरुमा चामल, कुखुराको अण्डा, बिस्कुट, चाउचाउ र हरियो तरकारी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update