Kath Khabar
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी


             काठमाडौं, भदौ २२ । नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको जाहेरी परेको छ। एक १७ वर्षिया नाबालिगको परिवारले लामिछानेविरुद्ध जाहेरी दिएका छन्।

क्यारेबियन लिग खेल्न जानुअघि नाबालिक किशोरीलाई लामिछानेले भदौ ५ गते नाबालिगलाई काठमाडौंको एक होटलमा लगेर प्रलोभन देखाइ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। लामिछानेले किशोरीलाई संजालमार्फत चिनजान गरेको बतार्ईएको छ ।

प्रहरीले प्रमाण संकलनको प्रक्रिया अघि बढाउन उनीहरु बसेको होटलमा सोधपुछ र सीसी टिभीसमेत संकलन गरेको जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update