महाविर पुनलाई १ करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार
‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक २-२ वर्षमा प्रदान गरिनेछ। बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गर्नुभएको थियो
काठमाडौं, भदौ २४ । नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्त रूपमा रू १ करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको हो।
गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ।
पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक २-२ वर्षमा प्रदान गरिनेछ। बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९ १४:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय