
काठमाडौं, भदौ २५ । आज विश्व आत्महत्या रोकथाम दिवस । हरेक वर्ष सेप्टेम्बर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ ।
विश्वभर बढ्दो आत्महत्या रोकथामका लागि सचेतना फैलाउने उद्देश्यले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा यो दिवस संसारभर मनाइन्छ । डब्लुएचओका अनुसार हरेक वर्ष करिब आठ लाख मानिसले आत्महत्याका कारण आफ्नो ज्यान गुमाउने गरेका छन् । जसमध्ये अधिकांश आत्महत्या १५ देखि २९ वर्ष उमेर समूहका छन् । जसमा सबैभन्दा बढी आत्महत्याका घटनाहरू अविकसित र विकासोन्मुख देशहरूमा देखिन्छन् ।
आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघले सन् २००३ मा विश्व आत्महत्या रोकथाम दिवस मनाउन थालेको हो । यो दिवस मानसिक स्वास्थ्य र विश्व स्वास्थ्य संगठनद्वारा प्रायोजित छ । विश्व आत्महत्या रोकथाम दिवस मनाउने पहिलो वर्ष सफल भयो । यस कारणले गर्दा, वर्ष 2004 मा, डब्ल्यूएचओले औपचारिक रूपमा कार्यक्रमलाई पुन: सह-प्रायोजक गर्न सहमत भयो। जसका कारण यो दिनले मान्यता लिन थाल्यो ।
आत्महत्या गर्नबाट जोगिन र यसलाई कुनै पनि हालतमा रोक्ने जनचेतना फैलाउने उद्देश्यले विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । आत्महत्या गर्ने व्यक्तिको व्यवहारबारे अनुसन्धान, चेतना फैलाउने र तथ्याङ्क सङ्कलन गर्नु यो दिवस मनाउनुको मुख्य उद्देश्य हो ।
यस वर्ष २०२२ को लागि विश्व आत्महत्या रोकथाम दिवस मार्फत विश्व स्वास्थ्य संगठनले आत्महत्या गर्ने सोच्नेहरूले आफ्नो कार्यमार्फत आशाको सिर्जना गर्ने सन्देश दिन चाहन्छ ।