Kath khabar
रोटरीको बाख्रापालनमा सहयोग



           काठमाडौं, भदौ २९ । काभ्रेको मण्डनदेउपुर वडा नं ९ को श्री संघर्षशील महिला सहकारी संस्थाका २५ महिला सदस्यहरुले बाख्रापालनको लागि सहयोग पाएकाछन् ।

रोटरी क्लबको ‘नेपाल गोट फार्मिङ्ग प्रोजेक्ट जीजी-२१२७९९७’ मार्फत उनीहरूले बाख्रापालनका लागि खोर निर्माण सहित २ वटाका दरले बाख्रा पाएका हुन् । परियोजनाले सहकारीको लागि दुई वटा बोयर जातका बोका, खोप, औषधि, पशु बिमा र बाख्रापालनका लागि सहयोग समेत पाएका छन् ।

परियोजनाले सोमबार बाख्रा वितरण कार्यक्रम राखेको थियो । परियोजनाले पहिलो चरणमा २५ जना किसानलाई सहयोग गरिएको र थप २५ जनालाई सहयोगको तयारी भइरहेको रोटरी क्लब अफ गोंगबुका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिनुभयो ।

आर्थिक विकास बिना समग्र विकास सम्भव नभएको र आर्थिक सशक्तीकरण बिना महिला सशक्तीकरण सम्भव नहुने मान्यताका साथ परियोजनाले काम गरेको अध्यक्ष बस्नेतको भनाई छ ।


 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update