Kath khabar
अब युट्युबमा विज्ञापन स्किप गर्न नमिल्ने

             

                काठमाडौं, भदौ ३० ।  यदि तपाईं युट्युबको नियमित प्रयोगकर्ता हुनुहुन्छ भने भिडियोसुरू हुनुअगाडि आउने विज्ञापन पक्कै याद गर्नुभएको होला । प्रिमियम प्रयोगकर्ता बाहेक अन्य सामान्य प्रयोगकर्ताले भिडियो हेर्दा आउने विज्ञापनमा एउटा भिडियो हेरेपछि अर्को भिडियो स्किप गरेर मुख्य भिडियो हेर्न सकिन्छ । तर अब भने यो फिचर परिवर्तन हुन लागेको छ ।

बाहिरिएको एक जानकारी अनुसार कम्पनीले भिडियोमा आउने विज्ञापनमा नयाँ फिचरको परीक्षण गरिरहेको छ । अब प्रयोगकर्ताले विज्ञापनका ५ ओटा भिडियो स्किप गर्न पाउने छैनन् । अर्थात् अब युट्युबमा भिडियो हेर्दा आउने ५ ओटा विज्ञापनपछि मात्र आफूले चाहेको मुख्य भिडियो हेर्न सकिनेछ । गुगलले हाल यो फिचरको परीक्षण गरिरहेको छ ।

केही प्रयोगकर्ताले अहिले नै यो फिचर अनुभव गरिरहेका छन् । केही प्रयोगकर्ताले पछिल्ला केही दिनमा ५ ओटासम्म विज्ञापन भिडियोहरू आइरहेको विषय सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । पहिले जस्तो २ ओटा भिडियोको ठाउँमा अब यस्तो विज्ञापन भिडियो ५ ओटा आउनेछ, जसलाई स्किप पनि गर्न सकिने छैन ।

यस्ता विज्ञापन ६ सेकेन्ड लामो हुने बताइएको छ । यसको अर्थ प्रयोगकर्ताले ३० सेकेन्डको विज्ञापन हेर्नुपर्नेछ । यस विषयमा आफ्नो प्रतिक्रिया दिन पनि कम्पनीले प्रयोगकर्तालाई आह्वान गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update