Kath Khabar
ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक महिलाको मृत्यु


                ललितपुर, भदौ ३० । ललितपुरको लुभुमा घरको दुई तलामाथिबाट खसेर एक जना बृद्धा महिलाको मृत्यु भएको छ।

महालक्ष्मी नगरपालिका–८ लुभु टाउन प्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नो घरको दुई तलामाथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 दुई तलामाथिबाट खसेर गम्भीर घाइते भएकी श्रेष्ठ उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update