आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, भदौ ३१ । आज चार प्रदेश लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ।
देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९ १०:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय