भक्तपुरको बालकोटमा एक महिला मृत अवस्थामा फेला

भक्तपुर, भदौ ३१ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ बालकोट धारापाटी बस्ने खोटाङ केपिलास गढी नगरपालिका–४ घर भएकी ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित मानव कल्याण सेवा समाजको घरमा भारतीय नागरिक रुपसिंह नाम बताउने करिब ४२ वर्षीय पुरुष आफ्नै विस्तारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै झापाको भद्रपुर नगरपालिका–७ बस्ने ४३ वर्षीय गोबिन्द श्रेष्ठ आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सल्यानको कालिमाटी गाउँपालिका–५ खेरेलास्थित गोठरी खोलामा हाल नाम, थर, वतन तथा उमेर समेत खुल्न नसकेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९ १३:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय