
काठमाडौं, जेठ १५ । नेपालमा कोरोना महामारी तिब्र रुपमा फैलिँदै गइरहेका बेला देश विदेशबाट सहयोग प्राप्त हुने क्रम जारी नै छ । परवासमा रहेका कलाकर्मीहरुले मातृभूमिको सम्झनामा राहत र सहयोग सामाग्रीहरु पठाउने क्रम जारी नै रहेका बेला चीनबाट गायक आशिष सचिनले साढे दुई लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । हाल आफ्नो व्यक्तिगत कामको शिलशिलामा चीनमा रहनुभएका गायक आशिषले आफुले नेपाल पठाएको सामाग्रीको तस्बिर समेत सामाजिक सञ्जाल मार्फत शेयर गर्दे उहाँले स्टाटस समेत लेख्नुुभएको छ ।
गायक आशिषले सामाजिक संजालमा लेख्नुभएको छ, हाल मेरो केही समयको व्यक्तिगत चीन भ्रमणको दौरानमा थोरै भएपनि एक कलाकार र सचेत नागरिकको स्वास्थ्य सामाग्री चीनबाट नेपाल पठाउन पाउँदा सारै खुसी महसुस गरेको छु । नेपालमा तिब्र गतिमा फैलिइरहेको सरुवा रोग कोरोनालाई नजिकबाट महसुस गर्न नपाएको भनाइ राख्दै उहाँले स्वास्थ्य सामाग्री पठाएर थोरै भएपनि दुःखमा साथ दिने कोसिस गरेको उल्लेख गर्नुभएको छ ।
उहाँले आफ्नो पोस्टमा ‘के रहेछ र जीवन, मात्र दुई मुठ्ठी श्वास, सानो सहयोग हृदयदेखि’ बोलको शीर्षक राखेर लेखेको स्टाटस निकै मार्मिक लागेको कतिपय उनका फ्यानहरुले कमेन्ट गर्नुभएको छ । आशिषले आफ्नो व्यक्तिगत सहयोगमा दुई लाख ५५ हजार आठ सय रुपैया बराबरको स्वास्थ्य सामाग्री नेपाल पठाएको उल्लेख गर्नुुभएको छ ।
अक्सिजन कन्सेन्टरेटर, पिपिइ, ग्लोभ्स, मास्कलगायत राहात सामाग्री पठाएका आशिष चीन र नेपालको हवाई यात्रा खुलेसँगै स्वदेश आउने बताउनुभयो । पिरिम नलाउने, गलबन्दी पछ्यौरी, उनका पानी बादलु, एककान दुईकान मैदान बोलका गीतका भिडियोहरु बजारमा आइसकेका छन् । जसले राम्रो लोकप्रियता पनि कमाएका छन् ।