संविधान दिवसका अवसरमा ६८१ कैदीलाई आममाफी
नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ बमोजिम ५ सय ८१ कैदीलाई माफी दिइएको जानकारी दिनुभएको छ

काठमाडौं, असोज २ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पा सहित २०३ र इन्द्रकुमार लिम्बुसहित ४७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार बैठकको सिफारिसमा असोज ३ गतेदेखि लागू हुने गरी आममाफी दिनुभएको हो ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ बमोजिम ५ सय ८१ कैदीलाई माफी दिइएको जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९ १८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय