Kath Khabar
विपन्न बस्तीमा खाद्यान्न वितरण/रक्तदान तथा स्वास्थ्य उपकरणसहित सहयोग प्रदान

काठमाडौं, जेठ १५। १४ औँ गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ स्थित शान्तिटोल र भड्छाका टोलका कोभिड प्रभावित विपन्न ६० दलित परिवारका बालबालिका एवं जेष्ठ नागरिकलाई रु. ७८ हजारको खाद्य सामग्री सहयोग प्रदान गरेको छ । जेठ १५ गते  बिहान शान्ति समाजका सभापति गोविन्द खनाल, अधिकारकर्मी लालहरी पाण्डे, हरिश ढकाल, आजिवन सदस्य बिमलराज भट्टराईसहित पदाधिकारीहरुले चामल, आटा, अण्डा, चनासहितको खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो । 

यस्तै शान्ति समाज दाङ शाखाले वैशाख महिना एउटा कारभित्र मृत अवस्थामा फेला परेका ३ जना बालकको परिवारलार्ई खाद्य सामग्री सहयोग गरेको छ । जेठ १५ गते बिहान शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपाली र दाङ शाखा सभापति तुलसीराम सुनारले पिडित विपन्न दलित परिवारलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो । यसैगरी गणतन्त्र दिवसका दिन शान्ति समाज चितवन शाखाले देवघाटमा रहेको बृद्धाश्रममा फलफूल तथा स्वास्थ सामाग्री बितरण गरेको छ । 

जेठ १५ गते मानव अधिकार तथा शान्ति समाज र नयाँ वस्ति युवा क्लबको आयोजनामा जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शान्ति समाजका तर्फबाट सल्लाहकार उत्तम पुडासैनीले संयोजन गर्नुभएको रक्तदान कार्यक्रममा समाजका महासचिव रामकृष्ण बराल, राजेन्द्र खनाल, शंकर श्रेष्ठ, दिवससिंह राउत, हरिचन्द्र दंगाल, सुरेश पौडेल, भाष्कर अधिकारी, कञ्चन अधिकारी, टिकाराम कार्की, अजित श्रेष्ठ, नविन भट्टराई, लिलादेवी पौड्याल, कृष्णप्रसाद फुयाल, सन्तोष भट्टराई, सन्तोष बस्नेत, पुष्प आचार्य, सावित्रि डंगोल, बसन्ति बराल, दिपक पुडासैनी, अनुपविक्रम विष्ट, समिर अधिकारी, सञ्जय तामाङ, सरु पुडासैनी, वसन्त पुडासैनी, प्रदिप श्रेष्ठ, प्रकाश श्रेष्ठ, नरोत्तम घिमिरे, हेमराज कार्की, चन्द्रप्रसाद पुडासैनी, गीता पुडासैनी, पवित्रा पुडासैनी, कृतन भट्टराई, प्रकाश पुडासैनी र रवि लामासहित ३४ जनाले रक्तदान गर्नुभएको थियो ।

साथै शान्ति समाजले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा न १ स्थित स्वास्थ्य समिति भोटेचौरलाई रु. १ लाख मुल्यको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । २०७८ जेठ १२ गते शान्ति समाजका महासचिव रामकृष्ण बरालले वडा अध्यक्ष कृष्णप्रसाद चौलागाईसहित स्वास्थ समितिका कर्मचारीलाई सो उपकरण हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा समाजका पुर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, आजीवन सदस्य देव नारायण चौलागाईको समेत सहभागिता थियो । सो अक्सिजन कन्सन्ट्रेटर समाजका सल्लाहकार होमकान्त चौलागाई समेतको सौजन्यमा प्राप्त भएको थियो ।

यसैगरी शान्ति समाजले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा न. १ बसोबास गर्ने एउटा हात गुमाएकी बालिका आशिना चौलागाईको शिक्षाका लागि अक्षयकोष स्थापनार्थ रु. १ लाख सहयोग प्रदान गर्ने भएको छ । २०७८ जेठ १२ गते शान्ति समाजका महासचिव रामकृष्ण बरालले सो प्रयोजनका लागि सूर्यमुखी वहुउद्देश्य सहकारीका अध्यक्ष मित्रलाल चौलागाई र वडा न. १ का वडा अध्यक्षको उपस्थितिमा शान्ति समाजका तर्फबाट रु. ३५ हजार नगद हस्तान्तरण गर्नुभएको थियो भने चाडै ६५ हजार थप गरी सो अक्षयकोषमा रु. १ लाख पुर्याइने छ । 
१४ औँ गणतन्त्र दिवसका दिन शान्ति समाज सुर्खेत, कपिलबस्तु लगायतशाखाले भर्चुअल कार्यक्रम गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update