Kath Khabar
मापदण्ड विपरितका संरचना ३५ दिनभित्र हटाउन ललितपुर महानगरको निर्देशन


               ललितपुर, असोज ५। ललितपुर महानगरपालिकाले मापदण्ड विपरित बनेका संरचनाहरु ३५ दिनभित्र हटाउन  निर्देशन दिएको छ ।

महानगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा अतिक्रमण गरी बनाईएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढीलगायतका संरचना तथा नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजनको लागि भनेर खुलाई अन्य प्रयोजनको लागि प्रयोग भएका संरचनाहरु हटाउन निर्देशन दिएको हो। तोकिएको समयभित्र नहटाए महानगर आफैले हटाउने चेतावनी दिएको छ ।

सूचना प्रकाशित भएको मितिले ३५  दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्न महानगरले अनुरोध गरेको छ।

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update